चीनमा कोरोनाले एक सातामा १३ हजारको मृत्यु

  डेटूडे खबर डेस्क
  ०८ माघ २०७९

                            

बेइजिङ । चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड– १९ सङ्क्रमणको कारण मृत्यु भएको छ । गत जनवरी १२ सम्म अस्पतालमा कोभिडका कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो ।

अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको कोरोना भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७ जनाको सङ्क्रमणसँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले शनिबार जारी एक विज्ञप्तिमा जनाएको छ ।

गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको सिडिसिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट