३ दलले बहिष्कार गरे संसद्‍ बैठक

  डेटूडे खबर डेस्क
  ३१ वैशाख २०८३

                            

काठमाडौँ : विरोध हुँदाहुँदै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि प्रतिपक्षी दलहरूले संसद बैठक नै बहिष्कार गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक हल छाडेर सभा बहिष्कार गरेका हुन्। नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले भने उभिएर विरोध जनाएका छन् भने अर्थमन्त्रीले जवाफ दिइरहेका छन्।

यसअघि विरोध भएपछि १५ मिनेट स्थगित गरिएको बैठक करिब आधाघण्टापछि सुरु भएको थियो। सुरु हुने वित्तिकै विरोध सुरु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट