एमबीएस प्रश्नपत्र लिक प्रकरण : कैलालीका सिंह पक्राउ

  डेटूडे खबर डेस्क
  १० श्रावण २०८३

                            

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ३३ वर्षीय सन्दीप सिंह रहेका छन् । 

उनलाई शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ । यही साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको एक विषयको परीक्षा चलिरहेकै समयमा प्रश्नपत्र सामाजिक सञ्जाल तथा ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट