प्रश्नपत्र चुहावट प्रकरण : ‘फास्ट ट्र्याक’ अदालत स्थापना गर्ने मोदीको घोषणा
डेटूडे खबर डेस्क
०७ श्रावण २०८३
एजेन्सी ।
राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (नीट) मा भएको भनिएको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशभर विरोध प्रदर्शन चर्किरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिलाई छिटो र कडा सजाय दिन ‘फास्ट ट्र्याक’ अदालत स्थापना गर्ने घोषणा गरेका छन् । माेदीले युवाको भविष्यसँग खेलवाड गर्ने जोसुकैलाई पनि नछोडिने स्पष्ट पार्दै सम्बन्धित निकायलाई आवश्यक सबै प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रधानमन्त्री मोदीले युवाको भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रश्नपत्र चुहावटमा संलग्नलाई कानूनी दायरामा ल्याई शीघ्र सजाय सुनिश्चित गर्न विशेष अदालत गठन गर्ने निर्णय गरिएको बताए । विद्यार्थीको हित संरक्षणका लागि सरकारले थप कदम चाल्दै जाने र युवाको भविष्यमा क्षति पुर्याउने प्रयास कसैलाई पनि छुट नदिने उनको भनाइ छ ।
