सिरहाबाट ब्राउन सुगरसहित १० जना पक्राउ

  डेटूडे खबर डेस्क
  १६ माघ २०७९

                            

सिरहा । सिरहाबाट प्रहरीले  ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरेका छन् । नवराजपुर गाउँपालिका वडा नम्बर २ मझौरा टोलमा रहेको ओमप्रकाश यादवले आफ्नो घरबाट अवैध लागुऔषध बेचबिखन गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका २ का ओमप्रकाश यादव, अमितकुमार यादव, देवरामकुमार यादव, लहान नगरपालिका १२ का मदनकुमार चौधरी र नरसिंह चौधरी रहेका छन् । त्यस्तै लहान नगरपालिका ५ का इरफान हुसेन, लहान १ का कृष्णा पासमान, सप्तरीको शम्भुनाथ नगरपालिका १२ का रमेश पासमान र सुरेशकुमार पासमानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूको साथबाट ब्राउन सुगर २८ ग्राम, लागुऔषध तौलने डिजिटल मेशिन एक थान, मोबाइल आठ थान, मोटरसाइकल चार थान र नगद चार हजार आठ सय ८५ रुपैयाँ बरामद गरेको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट