सशस्त्र प्रहरीद्वारा प्रतिबन्धित माछा नष्ट

डेटूडे खबर डेस्क
२४ माघ २०७९
जनकपुरधाम । सशस्त्र प्रहरीले अवैद्य रुपमा नेपाल भित्राएको माछा नष्ट गरेको छ ।
धनुषाको विदेह नगरपालिका ९ वैदेही स्थित नेपाल भारत सिमा नजिकैबाट अवैद्य रुपमा भित्राईएको माछा पक्राउ गरी नष्ट गरिएको हो ।
सशस्त्र प्रहरी क्याप महिनाथपुरबाट सशस्त्र प्रहरी निरिक्षक सोमकुमार राईको कमाण्डमा खटिएको पैदल गस्ति टोलीले अवैद्य रुपमा नेपाल भित्राउन गरेको १ क्विन्टल २० केजी मँगु माछा नष्ट गरिएको सशस्त्र प्रहरी निरिक्षक सोम कुमार राईले जानकारी दिए ।
विदेह नगरपालिकाको जनप्रतिनिधि, पशु क्वारेन्टाईन कार्यालय, नेपाल प्रहरी तथा पत्रकारको उपस्थितिमा नष्ट गरिएको हो ।
विदेह नगरपालिका- १ का वडाध्यक्ष संजय पाण्डेय, त्यस्तै नगरपालिकाको जनप्रतिनिधि , पशु सेवा क्वारेन्टाईन जनकपुरधामका प्राविधिक रामकिशुन महतो, नेपाल प्रहरी तथा पत्रकार लगायतको उपस्थितिमा माछा नष्ट गरिएको राईले जानकारी दिए ।