महोत्तरीको एनएमबी बैंकमा लुटपाट गरेका १ भारतीय नागरिक पक्राउ

  डेटूडे खबर डेस्क
  ११ श्रावण २०८०

                            
महोत्तरी । 

 महोत्तरी गाउँपालिका–२  मा रहेकाे एनएमबी बैंकमा भएकाे लुटपाटकाे घटनामा संलग्न रहेकाे आराेपमा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेकाे छ।

गएकाे जेठ १६ गते एनएमबी बैंकबाट १६ लाख रुपैयाँ लुटपाट भएकाे घटनामा संलग्न रहेकाे आराेपमा भारत विहार मधुबनीका २० वर्षीय अजयकुमार साफी पक्राउ परेका हुन् । 

चार/पाँच जनाकाे समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर रकम लुटपाट गरेकाे थियाे । साफीलाई बुधवार हिजाे बेलुका मटिहानी नगरपालिका–८ नेपाल भारत सीमा नजिकबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए। 

लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट