शहीदनगर नगरपालिकाका इन्जिनियर घुस रकम सहित पक्राउ
डेटूडे खबर डेस्क
२८ श्रावण २०८०
जनकपुरधाम ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरी र उनका साथी गुरुदेव यादवलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
पर्खाल निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना पाएर पुगेको अख्तियारको बर्दिबास कार्यालयको टोलीले १ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो ।
शहिदनगर नगरपालिका वडा नं. ३ स्थित पशु सेवा केन्द्रको भवनबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।