कांग्रेस बिनाको सरकारको कल्पना गर्न सकिँदैन : माधव नेपाल

डेटूडे खबर डेस्क
१७ असोज २०८०
उनले अहिलेको संरचना र शक्ति सन्तुलन मिलाउन कांग्रेस अपरिहार्य भएको बताए । उनले प्रधानमन्त्री को बन्ने भनेर कसैले मुख मिठ्याउन आवश्यक नरहेको जिकिर गरे । उनले सरकारले केही राम्रा काम गर्न खोजे पनि पर्याप्त नभएको बताए ।
‘अहिले हाम्रो सहमतिबाट पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ । उहाँले केही राम्रा काम पनि गर्न खोज्नुभएको छ । तर त्यो पर्याप्त भएन।’ उनले भने, ‘त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ । उहाँलाई दबाब पनि दिनुपर्छ । उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ ।’ उनले यसको निम्ति गठबन्धनको तर्फबाट हाम्रो पार्टी सहयोगी भूमिका निर्वाह गर्न वा आवश्यक प्रभावकारी भूमिका खेल्न तयार रहेको बताए ।
अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पार्दै उनले काँग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताए ।