त्रिकोणात्मक टी-२० शृंखलाका लागि नेपाली टीमको घोषणा

  डेटूडे खबर डेस्क
  २९ असोज २०८०

                            

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय टि-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

 त्रिदेशीय टि-२० सिरिजका लागि क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।

त्रिदेशीय टि-२० खेल्ने टोलीमा कप्तान रोहित पौडेल, विकेट किप्पर आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल रहेका छन्।

त्रिदेशीय टि-२० सिरिज खेल्ने टोलीमा सन्दीप लामिछानेको नाम भने उल्लेख छैन। उनले यसअघि नै राष्ट्रिय टिमबाट आफ्नो नाम फिर्ता लिएको फेसबुकमार्फत बताएका थिए।

बुधबारदेखि सुरू हुने शृंखलामा यूएई र हङकङ पनि छन्। प्रतियोगिता विश्वकप छनोटको तयारीस्वरुप नेपालले आयोजना गर्न लागेको हो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट