जनमतद्वारा मधेश प्रदेश सभाको बैठक अवरुद्ध

  डेटूडे खबर डेस्क
  ०६ फाल्गुण २०८०

                            

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची रहेको थियो ।

 बैठक प्रारम्भ भएपछि जनमत पार्टीका प्रदेश सभाका सदस्यहरूले उठेर विरोध जनाएका थिए ।

प्रदेश सभा सदस्य चन्दन सिंहले मधेश प्रदेशका मन्त्री र प्रदेश सभाका सदस्यहरूमाथि कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीले लाठी चार्ज गरेको र त्यहाँ स्वयं मुख्यमन्त्री समेत उपस्थिति रहेका कारणले उनले माफी नमागेसम्म प्रदेश सभाको बैठक चल्न नदिने बताएपछि बैठक १० मिनेटको लागि स्थगित गरिएको छ ।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री विश्वासको मतको क्रममा आफ्नो धारणा राख्ने नै भएपछि तत्काल बैठक सुचारु गर्न आग्रह गरेका थिए । तर, जनमतका प्रदेश सभा सदस्यहरूले उठेर विरोध जनाएपछि बैठक स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट