सर्लाहीमा १६ क्विन्टल गाँजा बरामद

  डेटूडे खबर डेस्क
  २५ जेठ २०८१

                            

सर्लाही । प्रहरीले सर्लाहीबाट करिब १६ क्विन्टल बराबरको गाँजा बरामद गरेको छ। जिल्लाका केही भागमा लागू औषधको गाँजाको उत्पादन, प्रशोधन, भण्डारण र विक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो जनकपुर शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नेपालको न. १० गण सर्लाहीको संयुक्त टोलीले बुधबार लालबन्दी नगरपालिका- १४ बाट गाँजा बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरिक्षक सुजन पाठकले टिनको ड्रम र प्लाष्टिकको बोरामा  गाँजा  भेटिएको बताए। उनले  गाजा राखिएका १६ वटा ड्रम, गाँजा च्याप्ने एउटा  मेसिन बरामद भएको बताए।

उनले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको पनि बताए। उक्त अप्रेशनमा नेपाल प्रहरीको तर्फबाट प्रहरी उपरीक्षकको कमाण्डमा ८० जना र सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा ४५ जना सुरक्षाकर्मी खटिएका थिए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट