यस वर्षको मनसुन नेपाल भित्रियो

  डेटूडे खबर डेस्क
  २८ जेठ २०८१

                            

जनकपुरधाम । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन भित्रिएको जानकारी दिएको छ । आज कोशी प्रदेशस्थित पूर्वी भागबाट नेपालमा मनसुन भित्रिएको महाशाखाले जानकारी दिएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३  भएको जानकारी दिँदै महाशाखाले यस वर्ष सरदर मितिभन्दा ३ दिन पहिले मनसुन भित्रिएको जानकारी दिएको छ । नेपालको अन्य भू-भागहरूमा केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने महाशाखाले जानकारी दिएको छ ।

मनसुनी प्रणालीलाई आफूहरूले निरन्तर अनुगमन गरिरहेको पनि महाशाखाले जानकारी दिएको छ । सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने पनि महाशाखाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट