देशभरका अदालतमा सहकारीसम्बन्धी ६ सय ८५ मुद्दा

  डेटूडे खबर डेस्क
  १० श्रावण २०८१

                            

काठमाडाैँ ।  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीसँग सम्बन्धित मुद्दाहरूको सम्बन्धमा महान्यायाधिवक्ता र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसँग छलफल गरेको छ ।

बिहीबारको समितिको बैठकमा समितिले महान्यायाधिवक्ता रमेश बडाल, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक सूर्यवंश शर्मा कँडेलसँग छलफल गरेको हो ।

उनीहरूसँग सहकारीसँग सम्बन्धित मुद्दा, प्रहरीले गरेको अनुसन्धान, सरकारी वकिलले गरेको अभियोजन र अदालतमा परेका रिटका सन्दर्भमा छलफल भएको समिति सभापति सूर्य थापा क्षेत्रीले जानकारी दिए ।

उनले महान्यायाधिवक्ताको कार्यालयको तथ्य अनुसार सहकारी ठगीका १ सय ५१ वटा मुद्दाहरू रहेको पाइएको जानकारी दिए । त्यसैगरी देशभरका अदालतमा ६ सय ८५ वटा मुद्दा सहकारीबारे रहेको पाइएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट