उपेन्द्र यादवको ६१ बुँदे प्रस्ताव

  डेटूडे खबर डेस्क
  २७ श्रावण २०८१

                            

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले ६१ बुँदे राजनीतिक प्रस्ताव पेस गरेका छन् ।

ललितपुरको सानागाउँमा जारी बैठकमा उनले संघीयता कार्यान्वयनका निम्ति प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउनुपर्ने प्रस्ताव गरेका छन् । संघीय मन्त्रालयको संख्या पनि घटाउनुपर्ने, प्रदेश मामिलासम्बन्धी विषय प्रदेश सरकारलाई नै जिम्मेवारी दिनुपर्ने उनले प्रस्ताव गरेका छन् । फजुल खर्च कटौती गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

उनले विगतका भ्रष्टाचार, अनियमितता र अधिकारको दुरुपयोगजस्ता विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गरिनुपर्ने जनाएका छन् ।

मधेस आन्दोलनका बेला सरकार र मधेशी जनअधिकार फोरम, नेपालबीच गरिएको २२ बुँदे सम्झौता, सरकार र संयुक्त मधेशी मोर्चाबीचको आठबुँदे सम्झौताका कार्यान्वयन गर्न बाँकी विषयमा उनले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट