डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ४ जना पुग्यो

  डेटूडे खबर डेस्क
  १८ भदौ २०८१

                            

काठमाडौँ ।  डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ६ हजार ८३१ जना सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार  गत माघको दोस्रो सातायता फैलिएको डेंगुबाट सो सङ्ख्यामा सङ्क्रमित र ४ जनाको मृत्यु भएको हो । 

ईडीसीडीका अनुसार ७७ मध्ये हुम्ला र मुस्ताङबाहेकका जिल्लामा सङ्क्रमण पुष्टि भएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । देशभर फैलिएको सङ्क्रमित संख्यामध्ये तीन हजार २२९ जना अर्थात् ४७.३ प्रतिशत सङ्क्रमित गण्डकीमा  रहेका छन् । 

यस्तै, बागमती प्रदेशमा १ हजार ७२३ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८१५ जना, मधेसमा १०६ जना सङ्क्रमित रहेका छन् ।  यस्तै, लुम्बिनी प्रदेशमा ४७४ जना, कर्णालीमा १०५ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ३७९ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट