त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका

  न्यूज डेस्क
  २४ भदौ २०८१

                            

काठमाडौं । नेपालले क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार विश्वकप लिग टु अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सार्वजनिक गरेको छ।

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ । सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

क्रिकेट क्यानडाले गत साता आफ्नो सामाजिक सन्जालमार्फत ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुने बताएको थियो । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।

टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।

टि ट्वान्टी सिरिज पछि क्यानडासँग नेपालले ओडिआई सिरिज खेल्ने नेपाल क्रिकेट संघ(क्यान) द्वारा जारी बार्षिक क्यालेन्डरमा छ । त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट