मुख्यमन्त्री सिंह र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चन्दबीच छलफल ः मधेश प्रिमियर लिग

  न्यूज डेस्क
  २८ भदौ २०८१

                            

जनकपुरधाम । क्रिकेट खेलको लोकप्रियता र प्रतिष्ठासँगै यसको बृहत् व्यावसायिकतालाई दृष्टिगत गरी मधेश प्रिमियर लिग (एमपिएल) आरम्भ हुने भएको छ ।

मधेश प्रदेशमा एमपिएलको आयोजना गर्ने विषयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दबीच छलफल भएको छ ।

जनमत पार्टीका उपाध्यक्ष इन्जिनियर दीपककुमार साह र क्यानका उपाध्यक्ष रोशन सिंहसमेतको सहभागितामा भएको मुख्यमन्त्री सिंह र क्यान अध्यक्ष चन्दबीचको यथाशीघ्र एमपिएलको आयोजना गरिने सहमति भएको छ । बैठकमा लिगको स्वरूप र वित्तीय रूपरेखाका बारेमा समेत चर्चा भएको हो ।

एमपिएलमा पाँचवटा टिमले खेल्ने र प्रत्येक टिममा दुईजनासम्म ए लेभलका खेलाडीको सहभागिता रहने तथा ती हरेक टिममा सातजना खेलाडी मधेश प्रदेशकै रहने तय गरिएको छ । एमपिएलका लागि अन्य प्रिमियर लिगजस्तै खेलाडीको चयन बोल बढाबढ प्रतिस्पर्धाका माध्यमबाट हुनेछ ।

मुख्यमन्त्री सिंहले एमपिएलबाट क्रिकेट खेलको गुणवत्ता, मनोरञ्जनको स्तर र आर्थिक योगदानमा बढोत्तरी हुने बताए । उनले लिगबाट खेलाडीको आर्थिक सुरक्षा, पर्यटन र आतिथ्यमा गुणात्मक वृद्धि र प्रदेशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गरेको छ । उनले एमपिएलबारे आधारभूत कुराको निक्र्योल भइसकेकाले छिटोभन्दा छिटो यसको आयोजना हुने जानकारीसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट