घरमै पुुगेर बाढी बाट मृत्यु भएको परिवारलाई राहत स्वरुप रकम हस्तान्तरण गरे

  न्यूज डेस्क
  २१ असोज २०८१

                            

जलेश्वर । यही असोज १२ गतेको बाढीमा परेर ज्यान गुमाएका महोत्तरीको गौशाला नगरपालिका-८ का १६ वर्षीय किशोर रोहित साहको परिवारलाई रु. २ लाख राहत प्रदान गरिएको छ।

जिल्ला विपद् व्यस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मृतकका बुवा नारायण साहलाई घरमै पुगेर रु. २ लाख प्रदान गरेको हो।

यही असोज १२ गते दिउँसो अविरल वर्षापछि वडा नं ८ भएर बग्ने सोनी नदीको बाढी हेर्न गएका बेला रोहितलाई बाढीले बगाएकामा करिब ४ घण्टापछि साढे ३ किलोमिटर तल उनको शव भेटिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट