एकपटक यो देशको नेतृत्व गरेरै छाड्छु : विप्लव

  डेटूडे खबर डेस्क
  २० पौष २०८१

                            

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपाले एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन्।

 उनले देशका लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहेको उल्लेख गरे। उनले अहिलेको पार्टीको एकता शुरुवात मात्रै भएको उल्लेख गर्दै आगामी दिनमा अझ एकता अभियान बढ्दै जाने बताए।

उनले आफूहरुको एकता कुनै दरबार खान, टी स्टेट खान र जग्गा हिनामिना तथा मन्त्री भएर विदेशमा पैसा पठाउनका लागि नभएको बताए। उनले नेपाली नेताहरूले विदेशमा टनाटन पैसा पठाएको उनको आरोप छ।

उनले भने, ‘हाम्रो पार्टीले पनि हामी क्रान्तिकारीहरुले पनि यो देशको लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौँ। एकचोटि यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ भन्ने कुरा हामीले राखेका छौँ। हामी भन्न चाहन्छौँ, आजको दिनमा जो एकता भएको छ, हाम्रो केन्द्रीय समितिको बैठकपछि ध्रुवीकरणको जो निर्णय थियो, त्यसमा पहिलो कदमको रुपमा अज प्रज्ञा भवनमा शुरु भएको छ। यो शुरुवात मात्रै हो। यो एकता कुनै दरबार खानका लागि होइन, कुनै टी स्टेट खानका लागि होइन, कुनै जग्गा हिनामिना गर्नका लागि होइन, कुनै मन्त्री भएर यो देशको पैसा विदेशमा पठाउन होइन। हाम्रो देशको पैसा विदेशमा टनाटन छ।’

महासचिव चन्दले अरू राजनीतिक दलहरूले गरेका ध्रुवीकरणका कुरामा नयाँ चिज नरहेको जिकिर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट