गण्डकीमा मुख्यमन्त्रीलाई भ्याइ नभ्याइ, अरु मन्त्रालय सुनसान

  डेटूडे खबर डेस्क
  २० आषाढ़ २०७८

                            

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार ५ जनाको समूह प्रवेश गर्‍यो । हातमा खादा लिएर पुगेका उनीहरु स्याङ्जाबाट आएका थिए । उद्देश्य थियो, ‘मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग भेटघाट र बधाइ दिने ।’

सचिवालयसँग ‘५ मिनेट’को समय माग्दै उनीहरु मुख्यमन्त्री नेपालीको कार्यकक्ष प्रवेश गरे । उनीहरु भित्र पस्न नपाउँदै अर्को टोली त्यहाँ आइपुग्यो । सचिवालय कर्मचारीहरुलाई भेटको समय मिलाउन हम्मेहम्मे परिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट