यस वर्षको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ पत्रकार मनिका झालाई प्रदान गरिने

  डेटूडे खबर डेस्क
  १६ माघ २०७९

                            

 वीरगञ्ज । यस वर्षको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ अन्नपूर्ण पोस्टकी मधेस प्रदेश ब्यूरो प्रमुख मनिका झालाई प्रदान गरिने भएको छ ।

वीरगञ्जमा सोमबार बसेको पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानको बैठकले १३ औं ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ पत्रकार झालाई दिने निर्णय गरेको हो । उनी नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष पनि छिन् ।

फागुन २ गते वीरगञ्जमा प्रतिष्ठानले कार्यक्रमको आयोजना गरी झालाई पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका सदस्य नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।

वीरगञ्जका दिवंगत पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा १३ वर्ष अघि स्थापित पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले हेरक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अब्बल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष एक तोला सुनको तक्मा पुरस्कार प्रदान गर्ने गरिएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले बताए ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट