जीवनी होइन, इतिहास लेखाउन आएका हौँ :रवि लामिछाने

  डेटूडे खबर डेस्क
  २७ वैशाख २०८३

                            

काठमाडौँ ।  रास्वपा सभापति रवि लामिछानेले आफूहरू जीवनी लेख्ने नभई इतिहास लेख्ने यात्रामा रहेको प्रतितिक्रिया दिएका छन् ।

पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभामा उनले आफूहरू इतिहास लेखाउन राजनीतिमा आएको बताएका छन्। ‘मलाई जीवनीमा ठूलो इच्छा छैन। जीवनी लेख्नु ठूलो कुरा होइन। हामी इतिहास लेख्ने यात्रामा छौँ’, सभापति लामिछानेले भने।

उनले आफूले राजनीतिलाई धेरै ठूलो सपनाको रूपमा लिएको धारणा समेत राखे। ‘नेताको रूपमा एउटा मान्छे सरकारको कुन तहमा पुग्छ भन्ने ठूलो कुरा होइन’, उनले भने, ‘सरकारमा मन्त्रीका रूपमा रहला प्रधानमन्त्रीको रूपमा रहला त्यो ठूलो कुरा होइन। तर मुलुकलाई एउटा कस्तो नेतृत्व दिँदैछौँ भन्ने ठूलो हो। पछिल्लो समय विश्व राजनीतिले नयाँ मोड लिंदै गरेको अवस्थामा आफ्नो पार्टीको उदय भएको सभापति लामिछानेको भनाइ छ ।

लामिछानेले सरकारले हेरेर र सोचेर मात्र कदम चालेको दाबी समेत गरे।  उनले सरकारले चालेका कदमबारे प्रश्न गर्दा भागेर नहिँड्न पार्टीका सांसदलाई सुझाव दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट