जटिल भू–गोल र सडक संरचनाका कारण दुर्घटना बढ्यो : आईजीपी कार्की

  डेटूडे खबर डेस्क
  २७ वैशाख २०८३

                            

काठमाडौं । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भू–गोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा कार्कीले जटिल भुगोग र देशभर जथाभावी निर्माण गरिएका सडक संरचनाले दुर्घटनाको जोखिम थप बढाएको बताए ।नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्त दु:खद् बन्दै गएको भन्दै दैनिक औसतमा आठ जनासम्मको मृत्यु हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको आईजीपी कार्कीको भनाइ थियो ।

कार्कीले सवारी दुर्घटना राज्य, व्यवसायी, मजदुर युनियन तथा सम्पूर्ण नागरिकको साझा चिन्ताको विषय भएको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने पनि बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट