शुरु भयो रास्वपाको बन्दसत्र
डेटूडे खबर डेस्क
०९ आषाढ़ २०८३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ ।
सोमबारका लागि तय भएको बन्दसत्र प्राविधिक कारण देखाउँदै मंगलबार (आज) डेढ घण्टा ढिलोगरी करिब साढे ३ बजे शुरु भएको हो ।
बन्दसत्रमा सभापति रवि लामिछाने सहित पार्टीका अन्य शीर्ष नेताहरूको उपस्थिति रहेको छ। बन्दसत्रमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह भने देखिएका छैनन् ।
