बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
डेटूडे खबर डेस्क
०८ आषाढ़ २०८३
एजेन्सी ।
बेलायती प्रधानमन्त्री किअर स्टार्मरले सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका छन् । । लन्डनमा रहेको ‘डाउनिङ स्ट्रीट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले राजीनामा दिने घोषणा गरेका हुन् ।
स्टार्मरले आफूले पदमा रहँदा गरेका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरेको बताउनुभएको बीबीसीले जनाएको छ । उनले पार्टीबाट नयाँ नेता नचुनिएसम्म पदमा रहने पनि बताए ।
गएको हप्ता उपचुनावबाट सांसद चुनिनुभएका एन्डी बर्नम स्टार्मरको उत्तराधिकारी हुने ठानिएको छ । तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको उत्तरार्धसमम पर्खिनुपर्नेछ ।
