कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
डेटूडे खबर डेस्क
३१ जेठ २०८३
काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक खर्ब रुपैयाँभन्दा बढी बिगो माग हुने गरी इतिहासकै ठूलो घोटालाको फाइल चाँडै सार्वजनिक गर्न लागेको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यो घोटालाको सत्यतथ्य पूर्णरूपमा बाहिर आएपछि राज्यव्यवस्था कसरी चलिरहेको रहेछ भन्ने खुलासा हुने दाबी गरे । उनले यो घटनामा विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंग समेत प्रयोग भएको जिकिर गरे। मन्त्री वाग्लेले आफू मन्त्री भएर आएपछि राजनीतिका नेतृत्व कसरी स्वार्थ समूहको गोजीमा परेका रहेछन् भन्ने थाहा पाएको टिप्पणी गरे।
