राजदरबार हत्याकाण्ड’को अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
डेटूडे खबर डेस्क
२६ जेठ २०८३
काठमाडौँ : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २५ वर्षअघिको राजदरबार हत्याकाण्डको थप छानबिन अघि बढाउने निर्णय गरेका छन्।
मंगलबार गृहमन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री गुरुङले २०५८ जेठ १९ गते नारायणहिटी राजदबारमा भएको हत्याकाण्डको थप छानबिन अघि बढाउने निर्णय गरेका हुन्।
उनले जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेका मुद्दा फिर्ता गर्न सकिने नसकिनेबारे छानबिनका लागि कार्यदल गठन गर्ने निर्णय पनि गरेका छन्। यस्तै गृह मन्त्रालय र सुरक्षा निकायमा हुने सुचना चुहावट रोक्न विशेष संयन्त्र निर्माण गर्ने निर्णय पनि उनले गरेका छन् ।
