रास्वपाको मधेश प्रदेश अधिवेशन स्थगित
डेटूडे खबर डेस्क
२६ जेठ २०८३
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेश अधिवेशन स्थगित गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार (आज) सूचना जारी गरी अधिवेशन स्थगित भएको जानकारी दिएको हो।
मधेश प्रदेश अधिवेशन निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत रूपमा सम्पन्न गर्न सुनिश्चित गर्नुपर्ने देखिएकाले हाललाई सबै प्रक्रिया रोकिएको जनाइएको छ। अधिवेशन पुनः सञ्चालन हुने मिति, समय र संशोधित कार्यतालिकाबारे केन्द्रीय निर्वाचन आयोगले पछि आधिकारिक जानकारी दिनेछ। आयोगले अर्को निर्देशन नभएसम्म अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न पार्टीका सम्पूर्ण सदस्य, प्रतिनिधि, उम्मेदवार तथा प्रदेश र जिल्ला तहका नेता तथा कार्यकर्ताहरूलाई भनेको छ।
