महिलाको टेम्पो भीरबाट खसालेको घटना : ११ वन कर्मचारी नियन्त्रणमा
डेटूडे खबर डेस्क
३१ जेठ २०८३
काठमाडौँ . कैलालीमा महिलाको टेम्पो भीरबाट खसालेको घटनामा प्रहरीले वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ। ११ कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा शुक्रबार टेम्पो खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटनाप्रति व्यापक विरोध भइरहँदा डिभिजन वन कार्यालय धनगढीले भने सामाजिक सञ्जालमा प्रचार भएजस्तो कर्मचारीहरूले बल प्रयोग गरेर टेम्पो भीरबाट नखसालेको दाबी गरेको छ।
