रास्वपा महाधिवेशन : पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदानको तयारी
डेटूडे खबर डेस्क
१० आषाढ़ २०८३
काठमाण्डाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पहिलो चरणमा आज केन्द्रीय सदस्यका लागि मतदान शुरू हुँदैछ । चितवनको भरतपुरमा चलिरहेको महाधिवेशनमा ९९ केन्द्रीय सदस्यका लागि झन्डै ४०० जनाको उम्मेदवारी परेको छ ।
दाबी विरोध र उम्मेदवारी फिर्ता लिन चाहनेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अन्तिम सूची प्रकाशित हुनेछ । उम्मेदवारको विवरण रुजु गरेर विद्युतीय भोटिङ मेशिनमा प्रविष्ट गर्ने काम गरिनेछ ।
मतदान पूरा भएको २ घण्टाभित्र नतिजा सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए । विदेशमा रहेका प्रतिनिधिले मोबाइलमार्फत मतदान गर्नेछन् ।
