सुनको भाउ घट्यो
डेटूडे खबर डेस्क
१० आषाढ़ २०८३
काठमाण्डौँ । आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ ३ हजार ६०० रुपैयाँले घटेर तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो पनि सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ पनि १०५ रुपैयाँले घटेको छ । चाँदी आज ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
