रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध
डेटूडे खबर डेस्क
१० आषाढ़ २०८३
काठमाडौँ : रवि लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले सभापतिमा उकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले लामिछानेलाई सभापतिमा निर्विरोध घोषणा गरेको जानकारी दिए। उनको उम्मेदवारीमा वरिष्ठ नेता बालेन्द्र शाह प्रस्तावक रहेका थिए।
