जाजरकोटमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प : दुई जिल्लाका ६५ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  १८ कार्तिक २०८०

                            

 जाजरकोट । 

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको छ। जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ। 

 जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।​ यस्तै रुकुमपश्चिममा अहिलेसम्म २८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए।  भूकम्पमा परेकाको खोजी जारी रहेको र मृतकको संख्या बढ्नसक्ने दुवै जिल्लाका सीडीओले जनाएका छन्। भूकम्पमा परी १०० भन्दा बढी घाइते भएका छन्।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा‍.लोकविजय अधिकारीले जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट