संघीय गणतन्त्रलाई परिवर्तन गर्ने शक्ति नेपालमा छैन : निधि

  डेटूडे खबर डेस्क
  ०९ मंसिर २०८०

                            

जनकपुरधाम ।

नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री विमलेन्द्र निधिले लोकतन्त्रविरोधी केही व्यक्तिले हल्ला गर्दैमा व्यवस्था परिवर्तन नहुने बताएका छन्।

शनिवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका छन्। उनले नेपाली जनताकै आन्दोलनको बलमा मुलुक संघीय गणतन्त्रात्मक व्यवस्था आएकाले त्यसलाई बदल्ने शक्ति कसैमा पनि नरहेको जिकिर गरे।

अर्को प्रसंगमा निधिले २०८४ सम्म यही गठबन्धनको सरकार टिक्ने दाबी समेत गरे। 

उनले भने, ‘अहिले माओवादी केन्द्रको नेतृत्वमा सरकार छ, यसपछि एकीकृत समाजवादी र काँग्रेस नेतृत्वको सरकार रहनेछ।’

उनले गठबन्धनभित्र ३ जना प्रधानमन्त्रीले यो कार्यकाल चलाउने सहमति भएको र अहिलेसम्मको यही सहमतिअनुसार गठबन्धन चलिरहेको बताए। कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका मनोज चौधरी नेतृत्वको समूहलाई नेता निधिले काँग्रेसमा स्वागत गरेका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट