लोकतन्त्रमा प्रदर्शन गर्दा गोली हान्नु लज्जाजनक : ठाकुर

  डेटूडे खबर डेस्क
  १० माघ २०८०

                            

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले बालकुमारी र सर्लाहीमा भएको प्रदर्शनमा सरकारद्वारा गोली हानेर हत्या गरिनु लज्जाजनक भएको बताएका छन्।

 बुधवार गजेन्द्रनारायण सिंहको २२ औँ पुण्य तिथिको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले सर्लाही र बालकुमारीमा प्रदर्शन गर्दा पनि सरकारबाट गोली हानी हत्या गरिएको घटनाको विरोध गरे। उनले वाक स्वतन्त्रताका लागि लड्नेहरुबाटै प्रदर्शन गर्दा र बोल्दा मार्ने कुरा लोकतन्त्रको पक्षमा नभएको बताए। ठाकुरले लोकतन्त्रमा बोल्ने र प्रदर्शन गर्ने हक सबैलाई रहेको बताए। 

उनले भने, ‘हामी अहिले पनि आफूलाई आन्दोलनकै अवस्थामा पाउँछौँ। किनभने बारम्बार हामी फेरि जेलमा बस्न, फेरि फाँसी पाउन, फेरि सरकारले गोली चलाइरहेको छ। लाठीचार्ज भइ नै रहेको छ। यहीँ काठमाडौँमै गोली चल्यो, सर्लाहीमा गोली चल्यो‚’ उनले भने‚ ‘प्रजातन्त्रमा, लोकतन्त्रमा बोल्ने हक हुँदैन, प्रदर्शन गर्न पाइँदैन भने यो संविधानको संशोधन गर्नुपर्छ र जनसंख्याको आधारमा हुनुपर्छ। जनसंख्याको आधारमा स्थानीय र प्रदेश सरकार छैनन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट