राष्ट्रपतिले धारा ७६ \'२\' अनुसार नै सरकार गठनको दावी पेश गर्न आह्वान गरे

  डेटूडे खबर डेस्क
  २९ आषाढ़ २०८१

                            

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दावी पेश गर्न आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभाको २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दावी पेश गर्न आइतवार अपराह्न ५ बजेसम्म समय दिएका छन्।

संसदका २ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न भएको सहमतिअनुसार नयाँ सरकार गठनका लागि दावी पेश गर्ने तयारी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट