सिरहामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ११ फाल्गुण २०८१

                            

सिरहा । सिरहामा सवारी दुर्घटनामा परी एकैदिन दुई जनाको ज्यान गएको छ । जिल्लाका विभिन्न दुई स्थानमा आइतबार भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार, मिर्चैया नगरपालिका-७ स्थित राजमार्गमा राकिराखेको प्र २–०१–००१ ख ००३६ नम्बरकोे ट्रकमा बिहान ६ बजे कटारीबाट मिर्चैयातर्फ आइरहेको प्र ३–०१–०२२ च ८७६४ नम्बरको पिकअप ठोक्किएको थियो ।

यस दुर्घटनामा पिकपका सहचालक सिन्धुलीको दुधौली नगरपालिका-१४ का २७ वर्षीय मिलन सुनारको ज्यान गएको प्रहरीले जनाएको छ । चालक दुधौली नगरपालिका १४ कै सागर सुनार भने गम्भीर घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट