अन्तर बैंक एटीएम कार्ड प्रयोग गर्दा शुल्क नलाग्ने

  डेटूडे खबर डेस्क
  ३० भदौ २०७८

                            

३० भाद्र २०७८, डे2डेखबर । 

जनकपुरधाम ।  एक बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसाँ झिक्दा बैंकहरुले जथाभावी शुल्क लिएको पाइएपछि राष्ट्र बैंकले शुल्क सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । राष्ट्र बैकले विद्युतीय कारोबार सम्बन्धी निर्देशिका लागु गर्दै एटीएम भुक्तानीबारे पनि व्यवस्था गरेको हो ।

निर्देशिका अनुसार स्वदेश भित्र कुनै पनि बैंकले जारी गरेको एटीएम कार्डबाट अर्को बैंकको एटीएमबाट पैसा झिक्दा बढीमा २० रुपैयाँमात्र शुल्क लिन पाइने व्यवस्था गरेको छ ।

तर महिनामा दुई भन्दा बढी  पटक अन्य बैँ‌ङ्कको एटिएमसँग कारोबार गरेमा मात्र लाग्ने शुल्क हो ।

महिनामा दुई पटक यस्तो कारोबार गर्दा कुनै शुल्क लिन नपाइने राष्ट्र बैंकले नियम लागू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट