राष्ट्रिय सभा सदस्यमा मधेसबाट अर्याल र सिद्दिकी विजयी
डेटूडे खबर डेस्क
१२ माघ २०७८
जनकपुरधाम । राष्ट्रिय सभा सदस्य चुनावमा मधेश प्रदेशबाट गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित हुनुभएको छ । उहाँ ६ हजार १ सय ५६ मतभारका साथ विजयी हुनुभएको हो ।
त्यस्तै अर्काे सिटमा सत्ता गठबन्धन दलबाट जसपाका खालिद सिद्दिकी विजयी हुनुभएकाे छ । उहाँ ६ हजार ६ सय ७८ मतभार ल्याएर विजयी हुनुभएकाे हाे ।
कुल मतदाता ३ सय ७२ जना रहेकामा ३ सय ६६ जनाले मतदान गरेका थिए । चार जना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेश सभा सदस्यले मतदान गरेनन् ।