पेट्रोलियम पदार्थको मूल्यमा अहिले सम्मकै उच्च

  डेटूडे खबर डेस्क
  १९ माघ २०७८

                            

जनकपुरधाम । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

मंगलबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मटीतेल प्रतिलिटरमा ३ रुपैयाँ र हवाई इन्धनको १० रुपैयाँले मूल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएको भन्दै निगमले स्थानीय बजारमा पनि मूल्य बढाएको हो ।
निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै डिजेल र मटीतेलमा प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले भाउ वृद्धि गरेर ११६ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर सयले वृद्धि गरेर एक हजार ९५ कायम भएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट