स्थानीय निर्वाचन रोक्न सर्वाेच्चमा मेयरले दिएको रिट निवेदन दरपीठ

  डेटूडे खबर डेस्क
  २६ माघ २०७८

                            

काठमाडौँ । मन्त्रिपरिषद्को बैठले आगामी वैशाख ३० गतेका लागि तोकेको स्थानीय तहको निर्वाचनविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट दरपीठ भएको छ ।

बुधबार महोत्तरी भंगहा नगरपालिकाका प्रमुख (मेयर) सञ्जीवकुमार साहले पाँच वर्षे कार्यकाल नपुगेको भन्दै मन्त्रिपरिषद्को निर्णय खारेज गर्न दिएको रिट सर्वाेच्चले दर्ता गर्न अयोग्य भएको भन्दै दरपीठको आदेश दिएको हो ।

सर्वाेच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले उक्त निवेदन दर्ता गर्न अयोग्य रहेको निष्कर्षसहित दरपीठको आदेश दिएका हुन् ।

नगरप्रमुखको ५ वर्षको कार्यकाल घटाउने प्रबल सम्भावन रहेको भनी विनाआधार प्रस्तुत निवेदन लिई आएको हुँदा सर्वाेच्च अदालतमा नियमावली, २०७४ को नियम १८ समेतका आधारमा दर्ता गर्न मिलेन । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ तथा सर्वाेच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दरपीठ गरि दिइएको छ । कानुन बमोजिम गर्नु ।’

मेयर साहले आफू ७ असोज २०७४ मा निर्वाचित भएको र आफ्नो कार्यकाल ६ असोज २०७९ मा सकिने भन्दै वैशाख ३० मा निर्वाचन गर्दा पाँच वर्ष कार्यकाल पूरा नहुने भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए ।

Supreme-court-darpith

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट