तुलसीपुरको एक जुत्ता पसलमा आगलागी, ५ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  २८ माघ २०७८

                            

दाङ्ग । दाङ्गको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुदा निसास्सिएर पाँच जनाको मृत्यु भएको छ ।

कोठा भाडामा लिएर बसेका पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु आर्यालले जानकारी दिनु भयो । एक महिला र चार पुरुषको शव निकालिएको छ ।

राति करिब पौने दुईबजे देखि पसलमा आगो लागेको थियो । जसले गर्दा कोठा भाडामा लिएर बसेकाहरुको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ ।

घटनास्थलमा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायतको टोली पुग्न थालेको छ ।

आगो नियन्त्रणमा लिन तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयबासीले परिचालन भएका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी अर्यालले बताउनु भयो । हुसेन बक्सले केहि समय यता होलसेलको जुत्ता पसल गर्दै आउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट