स्थानीय तहमा कार्यरत कर्मचारीहरुको अभिमूखिकरण कार्यक्रम सम्पन्न
डेटूडे खबर डेस्क
०४ फाल्गुण २०७८
जनकपुरधाम । आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरण, विशिष्टिकरण र औद्योगिकरण नाराका साथ स्थानीय तहमा कार्यरत कृषि /पशु सेवा प्राविधिकहरुको लागि पकेट/ब्लक विकास कार्यक्रम कार्यान्वयन सम्बन्धि अभिमूखिकरण कार्यक्रम हिजो मंगलवार जनकपुरधाममा सम्पन्न भएको छ ।
नेपाल सरकार कृषि तथा पशुपक्षि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कार्यान्वयन इकाई धनुषाका आयोजनमा कृषि शाखा प्रमुख र पशुशाखा प्रमुखहरुसँवग प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको पकेट कार्यक्रमको अवस्थाका विषयमा छलफल भएको हो ।यस पकेट कार्यक्रमका लागि ७ करोड रुपिया यो चालु आर्थिक वर्षमा आएपछि यसको के काम हो? के के प्रगति भएको हो र यसको अवस्थाका विषयमा सहभागिहरुलाई जानकारी गराईएको हो ।
१८ पालिकामा संचालन भइको यो पकेट कार्यक्रममा सहभागिले समस्या र चुनौतीका विषयहरुमा प्रकाश पारेका छन् ।
मत्सव मानव संशाधन विकास तथा प्रविधि परिक्षण केन्द्र धनुषामा सम्पन्न भएको दुई दिने अभिमुखीकरण कार्यक्रममा कृषिशाखा प्रमुख पशु शाखा प्रमुख, कृषि ज्ञान केन्द्रमा वागवानी अधिकृतहरुसँग कृषकलाई आत्मनिर्भर बनाउँन के के पहल गर्नुपर्छ ।यस विषयमा पनि छलफल भयो वरिष्ट कृषि अधिकृत युगल किशोर तिवारीले जानकारी गराए।
कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन भएपछि कृषि यान्त्रिकरण कृषि आधुनिकिकरण र कृषि बजारीकरणमा सहयोग हुन्छ र वास्तविक किसानहरु लाभान्वित हुन्नछन् तिवारीले भने ।