एमसीसीका बारे छलफल गर्न बालुवाटारमा गठबन्धनकाे बैठक

  डेटूडे खबर डेस्क
  ०५ फाल्गुण २०७८

                            

काठमाडौं । सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सूरु भएको छ । बैठकमा पछिल्लो समयमा गठबन्धनका दलहरुमा पेचिलो विषय बन्दै गएको अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको हो ।

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीका विषयमा एकमत भएर सदन पेश गर्ने पक्षमा रहेका छन् । प्रधानमन्त्री देउवालाई जनता समाजवादी र लोकतान्त्रिक समाजवादी दलले साथ दिने बताए पनि माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदको अवरोध कायम रहेको बेला एमसीसी टेबल गर्न नहुने बताउँदै आएका छन् ।

सरकारले एमसीसी परियोजना जबरजस्ती अघि बढाउन खोजे सरकार छाड्ने नेकपा माओवादीले चेतावनी दिदै आएको बेला काँग्रेसका नेताहरुले एमसीसीबारे नेपालले निर्णय लिन हतार भएको र जनतामा केही राजनीतिक दलहरुले राष्ट्र हितमा छैन भन्ने भ्रम छरेको आरोप लगाउँदै आएका छन् ।

यता सरकारले भोलि शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेस गर्ने तयारी गरिरहेको छ भने सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले भोलिको संसदमा एमसीसी पेस हुनबाट कसैले रोक्न नसक्ने दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट