संसदमा पेस भएकाे एमसीसी सम्झाैता यस्ताे छ
डेटूडे खबर डेस्क
०८ फाल्गुण २०७८
जनकपुरधाम । आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता सम्झौता एमसीसी पेस भएको छ । सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा पेस गरेका हुन् ।
उक्त सम्झौता आइतबार संसदमा पेस गर्ने क्रममा मन्त्री कार्कीले एमसिसी नेपालको संविधानको सर्वोच्चता र सर्वोपरिताभन्दा कुनै पनि व्यवस्था र शर्त माथि नभएको बताए ।
मन्त्री कार्कीले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिको मान्यताअनुसार एमसीसी कुनै सैन्य संगठनमा सामेल हुने सम्झौता भएको बताउँदै एमसीसी सम्झौता अनुमोदन गर्नका लागि प्रतिनिधिसभामा पेश गरेको उल्लेख गरेका थिए ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तर्फबाट (अर्थ मन्त्रालय) तथा संयुक्त राज्य अमेरिकाको तर्फबाट
(मिलेनियम च्यालेन्ज कर्पोरेसन)बीच सम्पन्न मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) हेर्न यहाँ क्लिक गर्नुहोस