नेपाल बारको निर्वाचन कार्यतालिका सार्वजनिक

  डेटूडे खबर डेस्क
  ०९ फाल्गुण २०७८

                            

काठमाडौं । नेपाल बार एसोसिएसनको आगामी चैत १९ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । देशैभर एकसाथ मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचन समितिका अनुसार चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिनेछ भने नामावलीमा दावी विरोधको मिति फागुन १३ गतेलाई तोकिएको छ ।

त्यस्तै अन्तिम नामावली फागुन २० गते प्रकाशित हुँदा फागुन २३ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ । फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरेर आगामी चैत १९ गते बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ । निर्वाचन सकिएपछि मतगणनाको कार्यक्रम सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट