जनकपुरधाम–पोखरा हवाई सेवा शुभारम्भ भएपछि मधेश प्रदेशमा आइपुगे मुख्यमन्त्री पोखरेल
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              २१ फाल्गुण २०७८  
  
                        
                            जनकपुरधाम । गणडकि प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली सनिवार तीन दिवसीय भ्रमणमा मधेश प्रदेश आएका छन् ।
मुख्यमन्त्री पोखरेल १८ जनाको टोलि सहित भ्रमणमा आएका हुन् । जनकपुरधाम-पोखरा हवाई सेवा शुभारम्भ भएपछि पहिलो फलाइट बुद्ध एयर चढेर जनकपुरधाम आएका हुन् ।
मुख्यमन्त्रीको स्वागतमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महत्तो लगायत मधेश प्रदेशका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
मुख्यमन्त्री पोखरेल पोखराबाट जनकपुरधाम सम्म आउँदा ४५ मिनेट लाग्ने अवधिमा जुन प्रकारको आफुमा खुसी र अनुभूति भो त्यो शब्दमा भन्न नसकिने सञ्चार कर्मीहरुसँग कुराकानि गर्दै बताए ।
मुख्यमन्त्री पोखरेलको आज जानकी मन्दिर, धनुषाको धनुषाधाम र जनकपुरधाम-जयनगर रेलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
                        
                     
                    
                  
                            