२४ घण्टामा ५८ जनामा कोरोना संक्रमण पुष्टि
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              ३० फाल्गुण २०७८  
  
                        
                            जनकपुरधाम । पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ४१८ जनामा गरिएको नमूना परीक्षणमध्ये ५० पीसीआर र ८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
सोही अवधिमा १४८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।
हालसम्मको मृत्यु संख्या ११ हजार ९५० छ ।
                        
                     
                    
                  
                            