नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर, रेलवे निर्माणको संभाव्यता अध्ययन गरिने
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              १२ चैत्र २०७८  
  
                        
                            काठमाडौं । नेपाल र सरकारबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काको उपस्थितिमा शनिबार परराष्ट्र मन्त्रालयमा ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
अन्तरदेशीय रेलवे निर्माणको संभाव्यता अध्ययन, अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययनलगायत विभिन्न ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको बताइएको छ ।
आइतबार साँझ स्वदेश फर्किन लागेका चिनियाँ विदेशमन्त्री यीको राजनीतिक भेटवार्ता जारी रहेको छ ।
 
                        
                     
                    
                  
                            